कलाकार : डेनियल क्रेग, नाओमी हेरिस, जेवियर बर्डम, जूडी डेन्च
निर्माता : माइकल जी. विल्सन, बारबरा ब्रोकली
निर्देशक : स्याम मेन्डिस
गीत : थोमस न्यूम्यान
अवधि : १४२ मिनेट
फिल्मको प्रकार: एक्सन
रेटिंग : ४.५। ५
ब्रिटेनमा रिलीज भएको बोन्ड सीरीजको यस नयाँ फिल्मले बक्स अफिसमा आफ्नो कमाइको रेकर्ड बनाएको छ । संसारभरमा यस फिल्मलाइ धेरै दर्शकहरूको क्रेज देखेर ट्रेड एनालिस्टहरूले ७५० करोडमा बनेको यस फिल्मले २,००० करोड भन्दा धेरै व्यापार गर्ने भविष्यवाणी गर्न थालेका छन् ।
करीब ४३ बर्षका डेनियल क्रेगले यस पटक फेरी बोन्डको भूमिकामा उत्कृष्ट अभिनय गरेका छन् । यो देखेर ती आलोचकहरूको मुख बन्द भएको छ, जसले बोन्डको भूमिकाका लागी क्रेगको ठाउँमा कुनै नयाँ युवा अनुहार ल्याउनु पर्ने वकालत गरिरहेका थिए ।
यस फिल्ममा क्रेगले डरलाग्दो, मुटुनै हल्लाउने एक्शन दृश्यहरू दिएका छन् । साथै उनका इमोशनल सीनहरू देख्दा उनका प्रसंसकहरूले यस सीरीजको आगामी फिल्ममा पनि क्रेगलाइनै हेर्न चाहन्छन् । यस फिल्मका निर्माताले तिव्र गतिमा चलिरहेको ट्रेनमा छायाँकन गरिएको दृष्यहरू देखाइएको छ । यस फिल्मका डाइरेक्टर स्याम मेन्डिसको तारिफ गर्नै पर्दछ किनभने उनले संसारमा पहिले देखिनै पहिचान बनाइसकेका बोन्डको भूमिकालाइ फेरी एक पटक संसार सामु ल्याएका छन् । तपाइँले सिनेमाहलबाट बाहिर निस्केपछि पनि ब्रास ब्याण्ड टीमको साथमा तयार गरिएको ब्याकग्राउण्ड म्यूज़िक, ट्रेन एक्शन र बाइक रेसिङको सीन याद गरिरहनु हुनेछ ।
कथा: बोन्डलाइ एक पटक चारैतिरबाट समस्यामा परेको आफ्नो एजेन्सी एमआई -६ र आफ्नो रिसाह बोस एम (जूडी डेन्च) लाइ बचाउनु पर्नेछ । आफ्नो ड्यूटी प्रति पुरै इमान्दारीता पनि देखाउनु पर्नेछ । एक सीक्रेट अपरेशनमा एमको कारणले बोन्ड आफ्नो एक साथीको गोलीको शिकार हुन्छन् । यस पछि बोन्ड मारिएको समाचार फैलन्छ । यो समाचार फैलिएपछि बोन्डको एजेन्सी एमआई -६ लाइ साइबर टेररिस्ट सिल्वा (जेवियर बर्डम) ले बरवाद गर्नमा लाग्दछ । अर्को तर्फ बोन्ड आक्रमणमा गम्भीर रूपले घाइते भएका थिए र अब उनी ठीक भएर एक पटक फेरी दुश्मनहरूसंग सामना गर्नका लागी फेरी फर्कन्छन् ।
अभिनय: डेनियल क्रेगले बोन्डको भूमिकामा एक पटक फेरी आफ्नो उत्कृष्ट अभिनयलाइ जिविज पारेका छन् । डेनियलको यस बदलिएको शैलीका कारण उनका आलोचकहरूले पनि सयद यस सीरीजको अर्को फिल्ममा पनि उनलाइ हेर्न चाहनेछन् । भिलेन सिल्वाको भूमिकामा जेवियर यस पटक भने केही सहज देखिएका छन् । यस नयाँ शैलीमा उनी निकै जमेका पनि छन् । जूडी यस पटक इमोशनल दृश्यहरूमा खरो उत्रिएकी छन् । नाओमी हेरिसको बोन्डका साथ लव मेकिङ सीनमा उत्कृष्ट केमिस्ट्री रहेको छ ।
डाइरेक्शन: स्याम मेन्डिसले स्क्रिप्टका साथमा शत प्रतिशत न्याय गरेका छन् । क्रेगमाथि छायाँकन गरिएका एक्शन दृश्यहरूमा स्यामको मेहनत देखिएको छ । फिल्मको शुरू देखि लिएर क्लाइमेक्स सम्मनै फिल्मले दर्शकहरूलाइ बाँधेर राख्न सफल भएको छ । पुरा फिल्मभरीनै दर्शकहरूले केही सोच्ने मौका समेत पाउँदैनन् । मकाऊ, इस्तान्बुल र लण्डनको लोकेशनमा स्यामले क्यामराम्यानसंग राम्रो काम लिएका छन् ।
किन हेर्ने: यदि तपाइँले जेम्स बोन्ड सीरीजको अघिल्ला फिल्महरू नहेरेको भए पनि यो फिल्म हेर्दा राम्रो हुन्छ । यदि तपाइँ बोन्डको प्रसंसकनै हुनुहुन्छ भने त यो फिल्म तपाइँका लागी निकै महत्वपूर्ण छ । बोन्डमाथि फिल्माइएका उत्कृष्ट एक्शन, स्टन्ट सीन, उत्कृष्ट फोटोग्राफी, राम्रा लोकेशन सहित फिल्ममा हेर्ने यस्ता धेरै कुराहरू छन्, जुन कुराहरू तपाइँ हलबाट निस्केपछि पनि याद भैरहन्छन् ।

No comments:
Post a Comment